इन्डोनेसियामा ७.६ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

इन्डोनेसियामा ७.६ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जकार्ता । इन्डोनेसियामा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । रेक्टर स्केलमा यस भूकम्पको तीव्रता ७ दशमलव ६ मापन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यो जानकारी दिएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणले इन्डोनेसिया र पूर्वी टिमोरको समुन्द्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाएको छ । भूकम्पका कारण इन्डोनेसियाको जियोफिजिक्स एजेन्सीले देशमा सुनामीको चेतावनी जारी गरेको छ । तर, एजेन्सीले केही समयपछि अलर्ट हटायो।

यसअघि इन्डोनेसियाको उत्तरी सुमात्रामा भूकम्प गएको थियो । त्यसबेला भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.२ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) ले अन्तर्रा्षिष्ट्रय मानक समय अनुसार १६ः१० बजेर ०४ मिनेटमा भूकम्प गएको र यसको केन्द्रबिन्दु ५.२६ डिग्री दक्षिण अक्षांश र ९७.०४ डिग्री पूर्वी देशान्तर रहेको जानकारी दिएको थियो । एनसीएसका अनुसार यसको गहिराई १० किलोमिटर रेकर्ड गरिएको थियो। तर, भूकम्पका कारण मानवीय क्षतिको विवरण भने आएको छैन ।

इन्डोनेसिया एक सक्रिय भूकम्प क्षेत्र मा स्थित छ। यही कारणले यहाँ धेरै भूकम्प जान्छ । इन्डोनेसिया प्रशान्त महासागरमा अवस्थित ’रिङ अफ फायर’ को एक हिस्सा हो । रिङ अफ फायर प्रशान्त महासागर बेसिन को एक क्षेत्र हो । जहाँ धेरै ज्वालामुखी विस्फोट भइरहन्छन्, जसका कारण यहाँ लगातार भूकम्पका झट्का आइरहेका छन् । भूकम्पका कारण वरपरका समुन्द्रमा सुनानी जन्मन्छ । रिङ अफ फायरको यो क्षेत्र करिब ४० हजार किलोमिटरको त्रिज्यामा फैलिएको छ। यहाँ संसारको ठछ प्रतिशत सक्रिय ज्वालामुखीहरू छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);