न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

एजेन्सी, २१ फागुन । न्युजिल्यान्डमा ७ दशमलव २ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढा उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा शुक्रबार ७ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तीन पटकसम्म आएका भूकम्पको धक्कपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन सरकारले आग्रह गरेको छ ।

न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको बताइएको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान थालेको बताइएको छ ।

गतहप्ता मात्र न्यूजिल्याण्डले ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको १० औं स्मृति दिवस मनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);