अपडेट : मेक्सिकोमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २३ भदौ । दक्षिणी मेक्सिकोमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी ७ जनाको मृत्यु भईसकेको छ भने सयौँ व्यक्तिहरु घाईते भएको बीबीसीले जनाएको छ। प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण सयौं किलोमिटर टाढा मेक्सिको सिटीमा पनि ठुलो धक्का महशुस भएको थियो।

स्थानीय समय अनुसार बिहान ४ बजेर ४९ मिनेटमा भूकम्प गएको हो । भूकम्प पछि मेक्सिको, ग्वाटेमाला, साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पपछि अहिलेसम्म ५ दशमलव २ र ५ दशमलव ७ रेक्टर स्केलका चार भन्दा धेरै परकम्प गैसकेको खबरमा उल्लेख छ।

मेक्सिकोका नागरिक सुरक्षा निकायले सन् १९८० को दशकयताकै सबैभन्दा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको बताएका छन्। भूकम्पपछि दुई हजार किलोमिटर टाढा इक्वेडरमा रहेको एउटा टापुसहित आठ वटा देशमा सुनामीको चेतावनी दिएको बीबीसीले जनाएको छ।

यस अगाडि सन् १९८५ मा आएको शक्तिशाली भूकम्पको केन्द्रबिन्दू मेक्सिको सिटी नजिकै रहेको थियो। जसबेला कारण हजारौंले ज्यान गुमाएका थिए। शुक्रबार आएको भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ। पछिल्लो भूकम्पसँगै कम्तीमा ४ वटा ५ दशमलव २ देखि ५ दशमलव ७ मेग्निच्युडका चारवटा परकम्प महसुस गरिएको छ।

भूकम्पका कारण कम्तीमा दुईजनाको मृत्यु भएको मेक्सिकोका आन्तरिक मामिला मन्त्रीले जनाएका छन्। अमेरिकाको पश्चिमी तटमा भने सुनामीको चेतावनी दिइएको छैन। मेक्सिकोको पूर्वी तटीय क्षेत्रमा आँधीको चेतावनी दिइएको समयमा पछिल्लो भूकम्प गएको हो।

 

https://emountaintv.com/news/2017/09/08/7791/

https://emountaintv.com/news/2017/09/08/7744/

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);