मेक्सिकोमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

काठमाडौँ, २३ भदौ । दक्षिणी मेक्सिकोमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण सयौं किलोमिटर टाढा मेक्सिको सिटीमा पनि ठुलो धक्का महशुस भएको छ। अहिलेसम्म धनजनको क्षतिको कुनै पनि विवरण प्राप्त भइसकेको छैन।

मेक्सिको सिटीका प्रत्यक्षदर्शीहरुले झण्डै एक मिनेटसम्म भूकम्पले हल्लाएको र मानिसहरु दौडेर सडकमा निस्किएको बताएका छन्।मेक्सिकोका नागरिक सुरक्षा निकायले सन् १९८० को दशकयताकै सबैभन्दा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको बताएका छन्।

भूकम्पपछि दुई हजार किलोमिटर टाढा इक्वेडरमा रहेको एउटा टापुसहित आठ वटा देशमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);