७ दशमलव ७ रेक्टर स्केलको भूकम्पकाे धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

७ दशमलव ७ रेक्टर स्केलको भूकम्पकाे धक्का

Caribbean earthquake of 7.7 prompts

एजेन्सी, १५ माघ । ल्याटिन अमेरिकामा रहेको क्यारेबियन सागरमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प, समुद्री तटीय क्षेत्रका सुनामी आउन सक्ने अमेरिकी वैज्ञानिकहरुको चेतावनी दिएका छन् ।

जमैकाको समुद्री तट र पूर्वी क्युबाको बीचमा रहेको क्यारेबियन सागरमा मंगलबार साँझ भूकम्प गएको हो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा लगायतका ठाउँमा शक्तिशाली झट्का दिएको थियो । त्यस्तै केमैन द्वीप समूहमा फेरि मङ्गलबार राति ६ दशमलव १ म्याग्निच्युडको भूकम्पको झट्का महसुस गरिएको थियो ।

शक्तिशाली भूकम्पको झट्कापछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय इलाकामा खतरनाक सुनामी आउन सक्ने बताएका छन् । भूकम्पको क्षतिको बारेमा भने जानकारी प्राप्त भैसकेको छैन । पहिलो भूकम्पको झट्का मंगलबार स्थानीय समयअनुसार झण्डै ७ बजेर १० मिनेटको समयमा महसुस गरिएको थियो, जसको केन्द्र समुद्री तटीय शहर लुसियामा मापन गरिएको थियो ।

भूकम्पको झट्का कारण मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी र निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो । प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);