चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

132 dead in china

एजेन्सी, १५ माघ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १सय ३२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने हुदा सतर्क रहन चीनले आफना नागरिकहरुलाई आग्रह गरेको छ । चिकित्सकले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने बताएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ ।

चीन बाहेकका विभिन्न देशमा ७० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

अमेरिका,जापान, अष्ट्रेलिया लगायतका राष्ट्रहरुले चीनमा रहेका आफना नागरिकलाई जतिसक्दो चाडो उद्धार गरेर स्वदेश फर्काउन लागेको बताएका छन । कोरोनाले बिश्वमै त्रास फैलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);