चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो

एजेन्सी, १४ माघ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार मंगलबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६ पुगेको हो ।

चीनमा अहिलेसम्म साढे ४ हजार जनामा कोरोना भाइरसको पुष्टि भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको हो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ । चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ ।

चीन बाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट १ जनाको मृत्यु भएपछि राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र ¥यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।

संक्रमणको प्रकोप चीनका २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

चीन सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । कोरोना भाइरस अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डसम्म फैलिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);