कोरोना भाइरसबाट अहिलेसम्म ६ सय ३८ को मृत्यु, ३१ हजार बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना भाइरसबाट अहिलेसम्म ६ सय ३८ को मृत्यु, ३१ हजार बढी संक्रमित

एजेन्सी, २४ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ पुपेको छ । शुक्रबार बिहान चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार चीनमा मात्रै मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको हो ।

त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । चीनको हुवेइस्थित वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमण बिश्वका बिभिन्न २८ मुलुकका फैलिएको छ ।

चीनयाँ स्वास्थ्य आयोगले संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको बताएको छ । कोरोनाबाट ३१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै शुक्रबार बिहान कोरोना भाइरस संक्रमणको बारेमा चेतावनी दिने डाक्टर ली वेनलियाङको कनेरोना संक्रमणबाटै मृत्यु भएको छ । लीको मृत्युपछि चिनियाँ नागरिकले वुहान सरकारप्रति आक्रोश पोखेका छन्।

यसैबीच चीनको वुहानमा एक नवजात शिशुमा जन्मेको ३० घण्टामै कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । चीनमा फैलिएको संक्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरको भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);