कोरोनाले सार्सलाई उछिन्यो, कोरोना भाइरसबाट विश्वभर ८१३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोनाले सार्सलाई उछिन्यो, कोरोना भाइरसबाट विश्वभर ८१३ जनाको मृत्यु

corona exceed sars

एजेन्सी, २६ माघ । चीनमामात्रै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ । भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको चिनियाँ सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी र एक जापनीज नागरिकको पनि मृत्यु भएको जनाइएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । यससंगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संस्या ८ सय ११ पुगेको हो ।

फिलिपिन्स र हङकङमा पनि १-१ जनाको मृत्यु भएको छ । ती दुइजना समेत गरी कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ जना पुगेका छन् । गत डिसेम्वर अन्त्यतिर चीनको हुबेई प्रान्तको वुहान शहरबाट कोराना भाइरसको संक्रमण फैलिएको थियो ।

मृतकको संख्यामा भइरहेको वृद्धिले सन् २००२ र २००३ मा फैलिएको ‘सार्स’ को महामारीलाई उछिन्ने देखिएको छ । सार्सका कारण त्यतिबेला ७ सय ७४ जनाको मृत्यु भएको थियो । कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट फर्कने नागरिकलाई विभिन्न देशले प्रवेशमा रोक लगाएका छन् ।

यसैबीच ठूला एयरलाइन्सहरुले चीनमा उडान स्थगित गरेका छन् भने कतिपयले सीमाको चेकजाँचमा पनि कडाइ गरेका छन् । विश्व स्वास्थ्य संगठनले बिश्वका २५ वटा मुलुकमा कोरोना फैलिसकेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);