अफगानी सेनाको गोली लागेर दुई अमेरिकी सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अफगानी सेनाको गोली लागेर दुई अमेरिकी सैनिकको मृत्यु

two us soldier killed

एजेन्सी,  २७ माघ । एक अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका छन् । पूर्वी नान्गारहार प्रान्तको एउटा सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरूले तालिम गरिरहेका वेला अफगान सैनिक कमान्डोले गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले जारी गरेको विज्ञप्तिमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ । आक्रमण सुनियोजित थियो वा भूलवश भएको थियो भन्नेबारे केही खुलाइएको छैन ।

आक्रमणबारे अमेरिकी सेनाले अनुसन्धान गरिरहेको छ । सन् २०१९ मा विभिन्न समूहको आक्रमणमा २० अमेरिकी सेनाको मृत्यु भएको थियो । सन् २००१ यता अफगानिस्तानमा २४ सय अमेरिकी सैनिकको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);