किन दिए पाकिस्तानलाई डोनाल्ड ट्रम्पले यस्तो चेतावनी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौ, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादीलाई प्रश्रय दिएको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन्। उनले अमेरिका कुनै पनि स्थितिमा पाकिस्तान आतंकवादीकालागि स्वर्ग बनेको हेर्न नसक्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।

 

‘हामी पाकिस्तानलाई अर्बौं डलर सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘तर पाकिस्तानमा तिनै आतंकवादी सुरक्षित रुपमा बसेका छन्। जसको विरुद्ध हामी लडिरहेका छौं। अब यो परिवर्तन हुनुपर्छ र चाँडै हुन्छ।’ उनले अफगानिस्तानमा अमेरिकाको सहयोगी बन्दा पाकिस्तानलाई धेरै फाइदा हुने भन्दै यदि आतंकवादीलाई सहयोग गरे त्यसले पाकिस्तानलाई ठूलो घाटा हुने चेतावनी दिए।

 

अफगानिस्तानलाई लिएर अमेरिकी रणनीति बनाउँदै ट्रम्पले अफगानिस्तानबाट अमेरिका बाहिरिँदा आतंकवादीलाई घुसपैठ गर्न मौका मिल्ने जिकिर गरे अफगानिस्तान बाट अमेरिकी सेना हटाउने तर त्यहाँको अवस्था इराकको जस्तो नहोस् भन्ने ट्रम्पको आशय थियो। ‘अमेरिका अफगानिस्तानको सरकारसँग मिलेर काम गर्छ,’ उनले भने, ‘ जहिलेसम्म हामीलाई प्रगति र प्रतिबद्धता देखिन्छ, त्यो बेलासम्म मिलेर काम गर्न सकिन्छ।’

 

भारतसँग सहयोगको अपील गर्दै ट्रम्पले भने, ‘भारत आर्थिक सहायता र विकासका विषयमा अफगानिस्तानलाई सहयोग गरोस् भन्ने अमेरिकी चाहना छ।’ तालिबान विरुद्ध अमेरिकी सेनाको अभियान २०१४ मा आधिकारिक रुपमा समाप्त भएको छ। तर, स्पेशल फोर्सले अफगानिस्तानमा आफ्नो सहयोग जारी राखेको छ। हाल अफगानिस्तानमा ८ हजार चार सय अमेरिकी सैनिक तैनाथ छन्। अफगान सरकार लगातार विद्रोही समूहको विरुद्ध लडिरहेको छ र देशको आधी भागमा आफ्नो नियन्त्रण कायम राखेको छ।

 

ट्रम्पले आफगानिस्तानमा अमेरिकी सैनिकको संख्या बढाउने वा घटाउने विषयमा केही उल्लेख गरेका छैनन्। यद्यपी उनले थप चार हजार सैनिक अफगानिस्तान पठाउने घोषणा गर्न सक्ने बीबीसीले जनाएको छ। अमेरिकी सेनाको शीर्ष कमाण्डर जनरल जोन निकोलसन चार हजार सैनिक अफागानिस्तान पठाउन आग्रह गरेका थिए।

 

ओबामा प्रशासनको आलोचना गर्दै ट्रम्पले भने, ‘सैनिकको संख्या वा आफ्नो योजनालाई लिएर कुनै कुरा गर्दैनौं।’ यद्यपी अमेरिकी रक्षा सचिव जिम म्याटिसले अफागानिस्तानमा अमेरिकी सैनिकको संख्या बढाउन सकिने संकेत गरेका छन्। राष्ट्रपति ट्रम्पले पहिला अमेरिकी सैनिकलाई अफागानिस्तानबाट फिर्ता बोलाउनु पर्ने पक्षमा वकालत गरेका थिए। जुन ९/११ आक्रमणपछि जर्ज बुशको कार्यकालमा सुरु भएको थियो। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);