अमेरिकी सेनाको पानी जहाज दुर्घटनाः १० जना बेपत्ता, ५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, ५ भदौ । सिगांपुर नजिक अमेरिकी सेनाको पानी जहाज र तेल बोकेको जहाज ठोक्किदा १० नाविक बेपत्ता ५ जना घाइते भएका छन् ।

क्षेप्यास्त्र नष्ट गर्ने क्षमता भएको युएसएस जोन मक्केन नामक जलसेना जहाजमा क्षति पुगेको बीबीसीले जनाएको छ । उक्त जलसेना जहाज आफ्नो नियमित बन्दरगाहतर्फ तैरिरहेको बेलामोल ट्याकंर सहितको व्यवासायिक जहाजसँग ठोक्किएको हो ।

लाइबेरियाको झण्डा सहितको व्यवसायिक जहाज अमेरिकी जहाज भन्दा तुलानात्मक रुपमा ठुलो रहेको अधिकारीहरुले जनाएको छ ।
पछिल्लो दुइ महिनामा अमेरिकी जलसेनाको पानीजहाज दोस्रो पटक यस्तो किसीमको गम्भिर दुर्घटनामा परेको हो ।

बीबीसीको पछिल्लो समयको जानकारीका अनुसार अमेरिकाले घाइते तथा बेपत्ता भएकाहरुको खोजीको लागि ठुलो सख्ंयामा उद्दारका लागि बिमान तथा सेना परिचालन गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);