अमेरिकी नौसेनाको पानी जहाज दुर्घटना, चालकदलका सात सदस्य वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी नौसेनाको पानी जहाज दुर्घटना, चालकदलका सात सदस्य वेपत्ता

३ असार, काठमाडौं । अमेरिकी नौसेनाको पानी जहाज अर्को एक जहाजसँग ठोकिँदा चालकदलका सात सदस्य वेपत्ता भएका छन् ।

अमेरिकी नौसेनाको पानी जहाज दुर्घटना

३ असार, काठमाडौं । अमेरिकी नौसेनाको पानी जहाज अर्को एक जहाजसँग ठोकिँदा चालकदलका सात सदस्य वेपत्ता भएका छन् । जपानको योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट १ सय ३ किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग ठोकिएको जनाइएको छ ।

दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त जहाजमा इन्धनको कमि भएको बताइएको छ । दुर्घटनामा हराइरहेकाहरुको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);