लिउको निधन, चिनियाँ प्रजातान्त्रीक आन्दोलनको एउटा अध्याय समाप्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लिउको निधन, चिनियाँ प्रजातान्त्रीक आन्दोलनको एउटा अध्याय समाप्त

नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ सियाओबोको ६१ बर्षको उमेरमा निधन भएको छ ।

लिउको निधन

कठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ सियाओबोको ६१ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि जेल जीवन विताईरहेका लिउ कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित थिए । लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो ।

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको हो । उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो ।

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चालेका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो ।

त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजाँयको घोषणा गरिएपछि उनी जेलका रहेका थिए । उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका थिए ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);