संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियर कोइलरकोे निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियर कोइलरकोे निधन

एजेन्सी, २२ फागुन । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव ह्याभियर पेरेज डी कोइलरकोे निधन भएको छ । ह्याभियरको सय वर्षको उमेरमा बुधवार पेरुमा निधन भएको हो ।

उनले इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका थिए । ह्याभियर सन २ हजारमा उनी पेरुको प्रधानमन्त्री समेत बनेका थिए ।

२० वर्षको उमेरमा नै पेरुको विदेश मन्त्रालयबाट कूटनैतिक यात्रा शुरु गरेका ह्याभियर बेलायत, बोलिभिया, स्विजरल्यान्ड, तत्कालीन सोभियत युनियन, पोल्यान्ड र भेनेजुएलाका लागि समेत राजदूत बनेका थिए ।

उनी संयुक्त राष्ट्र संघका पाँचौ महासचिव हुन् । सन् १९८१ मा पहिलो पटक संयुक्त राष्ट्रसंघको महासचिव बनेका ह्याभियर सन् १९८६ मा पुनः महासचिवमा निर्वाचित भएका थिए ।

आफ्नो दुई कार्यकालका अवसरमा उनले थुप्रै शान्ति सम्झौता र शान्ति स्थापनाका प्रयासहरु गरेका थिए । फकल्यान्डको युद्धपछि ह्याभियरले बेलायत र अर्जेन्टिनाबीच शान्तिवार्ताको मध्यस्थताको नेतृत्व गरेका थिए ।

सन् १९८८ मा भएको इराक–इरानबीचको युद्धविराममा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । सन् १९८८ मा उनकै कार्यकालमा मोजाम्बिक र अंगोलामा खटिएका राष्ट्रसंघीय शान्तिसेनालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);