बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ ।

डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत थिए । उनी राष्ट्रिय खेलकुद परिषद ९राखेप०को सदस्यसचिव पनि बनेका थिए ।

नेपाल(भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार हुन्। उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);