पूर्व सांसद राणाको निधनमा शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पूर्व सांसद राणाको निधनमा शोक प्रस्ताव पारित

shok prastav parit

काठमाडौं, २७ साउन । प्रतिनिधिसभाले पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता भरतशमशेर राणाको निधनमा शोकप्रस्ताव पारित गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठक राणाको निधनप्रति शोकप्रस्ताव पारित गर्दै सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

राणा २०१५ सालको चुनावपछि तत्कालिन संसदमा गोरखा दलको तर्फबाट प्रमुख विपक्षी दलका नेता बनेका थिए । राणाले विक्रम सम्बत २००७ सालमा भने तत्कालीन गृहमन्त्री वीपी कोइरालाको हत्या गर्न खोजेको आरोपमा जेल सजायँ भोगेका थिए ।

२०१७ सालमा राजा महेन्द्रले तत्कालिन प्रधानमन्त्री बीपि कोइरालालाई अपदस्थ गरेपछि राणा गोरखा दल त्यागेर नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनेका थिए । प्रायजसो भारतमा नै बस्दै आएका राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);