विराटनगर महानगरका मेयरको कार्यकक्ष अगाडी बम विष्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडी बम विष्फोट भएको छ । आज अपरान्ह मयेर पराजुलीको कार्यकक्ष अगाडी प्रेसरकुकर बम विष्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।

उपमेयर इन्दिरा कार्की मेयरको कार्यकक्षतर्फ जाँदै गर्दा विष्फोट भएको जनाइएको छ । विस्फोटबाट मेयरको कार्यकक्षमा रहेको सोफा र झ्यालका सीसाहरूमा क्षति पुगेको छ भने पराजुलीको को १ झ ४९४ नम्बरको गाडीको सिसा फुटेको छ । विस्फोट परी एक जना घाइते भएको जनाइएको छ ।

विस्फोटपछि महानरको काम प्रभावित भएको छ भने स्थानीय, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । विष्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच मेयर पराजुलीले घटनाको निन्दा गर्दै सेवाग्राहीको बाक्लो उपस्थिति रहने ठाँउलाई लक्षित गरी विष्फोट गराइनु दुखदायी भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);