अफगानिस्तानमा बम विस्फोट : राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानमा बम विस्फोट : राजमार्ग प्रहरी प्रमुखसहित सात जनाको मृत्यु

एजेन्सी, ७ पुष । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात जनको मृत्यु भएको छ । अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहर र पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गराएको बम विस्फोटमा परी सात जनाको मृत्यु भएको हो ।

पूवी प्रान्त पार्वानको चरिकार शहरमा भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । त्यसैगरी पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ ।

अफगानिस्तानमा तालिाबान लडाकू समूहले सुरक्षाबल लक्षित सडककिनार बम विष्फोट र घरेलु बम विस्फोट गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);