काबुल स्थित एक विश्वविद्यालयमा बम बिस्फोट, १८को मृत्यु, ३३ घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काबुल स्थित एक विश्वविद्यालयमा बम बिस्फोट, १८को मृत्यु, ३३ घाईते

एजेन्सी, ३ साउन । अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ ।

विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार भएको बम विस्फोटमा अन्य ३३ जना घाइते भएका जनाइएको छ । स्नातकोत्तर तहको परीक्षाका लागि विद्यार्थीको प्रवेश हुने क्रममा विस्फोट भएको थियो ।

बिस्फोटनमा मृत्यु हुने मध्य धेरै जना बिद्यार्थी रहेको जनाइएको छ । अफगानी प्रहरी अधिकारीका अनुसार अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन । अधिकारीहरुले विस्फोटको अनुसन्धान जारी रहेको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);