नमाज पढिरहेका बेला मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नमाज पढिरहेका बेला मस्जिदमा बम विस्फोट, ६२ जनाको मृत्यु

Afghanistan mosque Explosion

एजेन्सी, २ कात्तिक । शुक्रबार नमाज पढिरहेका बेला अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परि कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।

अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट गराइएको हो । विस्फोटमा परि कैयौँ घाइते भएका छन् । विस्फोटका कारण मस्जिदको छतसमेत खसेको छ ।

यस क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् ।

नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको हो । यो विस्फोट संयुक्त राष्ट्र संघले यस वर्षको गर्मीमा अफगानी आम नागरिकको बढी ज्यान गएको बयान जारी गर्ने बित्तिकै भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);