चिलिमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन, आपतकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चिलिमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन, आपतकालको घोषणा

chile

एजेन्सी, २ कात्तिक । चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

विद्यार्थीले मेट्रोरेल सेवाका विभिन्न संरचनामा व्यापक तोडफोड गरेका जनाइएको छ । प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका र प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

चिलिका राष्ट्रपति सेबास्टिन पिनेराले शान्ति–सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरेका छन् । चिलीमा राजधानी सान्टियागोको महँगो जीवनशैली लगायतका कारण पछिल्लो समय आर्थिक सुधारको माग बढ्न थालेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);