चिलीमा हिंसात्मक प्रदर्शन अझै रोकिएन, गार्मेन्ट कारखानामा आगजनी हुँदा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिलीमा हिंसात्मक प्रदर्शन अझै रोकिएन, गार्मेन्ट कारखानामा आगजनी हुँदा ५ जनाको मृत्यु

chale

एजेन्सी, ४ कात्तिक ।  चिलीमा जारी हिंसात्मक प्रदर्शनका क्रममा एउटा गार्मेन्ट कारखानामा आगजनी हुँदा ५ जनाको मृत्यु भएको छ । राजधानी सान्टीयागो नजिक केहि व्यक्तिले गार्मेन्ट कारखानामा गरेको आगजनीबाट ५ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चिलीमा मेट्रोरेलको भाडामा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन हिंसात्मक भएको हो । राष्ट्रपति सेवास्चीयन पेनेराले मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोे घोषणा गरेपनि विरोध प्रदर्शन जारी रहेको समाचार छ । हिंसात्मक प्रर्दशन नियन्त्रण गर्न राजधानी सान्टीयागो लगायत मुख्य शहरहरुमा रात्रीकालीन कफ्र्यु जारी गरिएको छ । कफ्र्यु उल्लंघन हुन थालेपछि सयौं सैनिक परिचालन गरिएको छ ।

शान्ति सुरक्षा कायम गर्न सरकारले सार्वजनिक यातायात, आन्तरिक र बाह्य उडान बन्द गरेको छ । चिलीमा सन् १९ सय ९० को प्रजातान्त्रिक आन्दोलनपछि सडकमा यति धेरैको संख्यामा सुरक्षाकर्मि परिचालन गरिएको यो पहिलो पटक हो । सन् १० सय ९०मा तात्कालीन तानाशाह अगष्टो पिनोचेटको सत्ता उल्टाउन भएको आन्दोलनमा पनि हजारै सडक सुरक्षाकर्मि हतियार सहित परिचालन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);