भारतमा हिंसात्मक प्रदर्शन, मृत्यु हुनेको संख्या २० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा हिंसात्मक प्रदर्शन, मृत्यु हुनेको संख्या २० पुग्यो

CAA-protest

एजेन्सी, १४ फागुन । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनदेखि जारी विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या २० पुगेको छ भने २ सय भन्दा बढी घाइते भएका छन् । नागरिकता संशोधन ऐनको विरोध र समर्थनमा हिंसात्मक प्रदर्शनहरु भएका हुन् ।

बुधबार विहानैदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै पक्षबीच ढुंगा हानाहान हुँदा घर, पसल तथा सवारीसाधनमा आगजनी गरिएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गरेको थियो ।

परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सेना परिचालन गर्न केन्द्र सरकारसंग माग गरेका छन् । दिल्लीको उत्तरपूर्वी क्षेत्रका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।

नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);