कोरोना भाइरस: अमेरिकामा पछिल्लो २४ घण्टामा १७ सय ३६ जनाले मृत्यु, ४ लाख बढी संक्रमित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोरोना भाइरस: अमेरिकामा पछिल्लो २४ घण्टामा १७ सय ३६ जनाले मृत्यु, ४ लाख बढी संक्रमित 

corona

एजेन्सी, २६ चैत । कोरोना भाइरसबाट अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी व्यक्तिको मृत्यु भएको छ । मंगलबार १७ सय ३६ जनाको मृत्यु भएको हो जसमा न्युयोर्कमा मात्रै ७३१ जनाको मृत्यु भएको हो ।

जोह्न्स हप्किन्स युनिभर्सिटीका अनुसार एकैदिन मृत्यु हुनेको संख्या यसअघि ४ अप्रिलमा १३ सय ४४ थियो । न्युयोर्क गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । अहिले संसारमै सबैभन्दा बढी व्यक्ति अमेरिकामा संक्रमित भएका छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या १२ हजार ८ सयभन्दा बढी छ । संसारभर संक्रमितको संख्या १४ लाख ३० हजारभन्दा बढी हुँदा अमेरिका एउटै देशमा संक्रमितको संख्या चार लाख नाघेको हो ।

भाइरसको संक्रमणका कारण विश्वभर भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ । १४ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा तीन लाख १ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १७ हजार १ सय भन्दा धेरै छन् भने स्पेनमा १४ हजार नाघेको छ ।

स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ४१ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ । फ्रान्समा मृतकको संख्या १० हजार ३ सय नाघेको छ । बेलायतमा ६ हजार १ सय नाघेको छ । इरानमा मृतकको संख्या ३८ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३१ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २ हजार नाघ्दा बेल्जियममा २०३५, नेदरल्याण्डस्मा २१ सयभन्दा बढी छ । भारतमा १५० जनाको मृत्यु हुँदा ५३ सयभन्दा बढी संक्रमित भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);