ट्रम्पद्वारा डब्लूएचओलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८०, बुधवार

ट्रम्पद्वारा डब्लूएचओलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी

trump

एजेन्सी, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओ माथि आक्रोश व्यक्त गर्नुभएको छ । अमेरिकामा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आत्तिएका ट्रम्पले डब्लुएचओको माथि आक्रोश व्यक्त गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

डब्लूएचओले गलत सूचना दिएको उल्लेख गर्दै ट्रम्पले डब्लूएचओका अधिकारीहरुले चीनको पक्षमा काम गरेको आरोप पनि लगाउनु भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको प्रेस ब्रिफिङमा ट्रम्पले डब्लूएचओका अधिकारीहरुले सहि सुचना नदिएको कारण अमेरिकामा कोरोनाको महामारी फैलिएको आरोप समेत लगाउनु भयो । अमेरिकामा अहिले विश्वमै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् भने १२ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।