बढ्दो हिंसालाई लिएर ट्रम्प र बाइडेनबिच वाक–युद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बढ्दो हिंसालाई लिएर ट्रम्प र बाइडेनबिच वाक–युद्ध

एजेन्सी,१६ भदाै । अमेरिकामा बढ्दो रंगभेदका बारेमा राष्ट्रपतिका दुई उम्मेदवारबीच वाक युद्ध चलेको छ ।अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्य्राटिक प्रतिष्पर्धी जो बाइडेनबीच वाक–युद्ध नै चलेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ओरिगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शनमा प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा चलेको गोली लागेर एक जना मारिएपछि ट्रम्प र बाइडेनबीच भनाभन भएको हो । राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्य्राटिक मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाउनु भयो ।

बाइडेनले भने पोर्टल्याण्ड सहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुको मुख्य कारक नै ट्रम्प भएको आरोप लगाउनु भयो ।

ट्रम्प समर्थक र प्रदर्शनकारीबीचको झडपमा हानेको गोली लागेर मारिएकाप्रति ट्रम्पले श्रद्धाञ्जली अर्पण गर्नुभयो । तर विस्कनसिनको केनोशामा प्रहरीले ढाडमा हानेको सात गोली लागेर मृत्युसँग संघर्ष गरिरहेका ज्याकोब ब्लेकका बारेमा भने केही नबोलेकोमा बाइडेनले ट्रम्पको आलोचना गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);