चीन र भारतका सेनाबीच सीमावर्ती इलाका लद्दाखमा फेरी तनाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीन र भारतका सेनाबीच सीमावर्ती इलाका लद्दाखमा फेरी तनाव

ladakh

एजेन्सी, १५ भदौ । चीन र भारतीय सेनाबीच सीमावर्ती इलाका लद्दाखमा पुनः तनाव उत्पन्न भएको छ । भारतीय सेनाले सीमामा चिनियाँ सेनाले उक्साहटपूर्ण क्रियाकलापलाई बढावा दिएको बताएको छ । भारतीय सेनाका जनसम्पर्क कार्यलयले विज्ञप्ति जारी गर्दै गत शनिबार चिनियाँ सेनाले दुई देशबीच भएको सहमति उल्लंघन गर्दै सैन्य गतिविधि अघि बढाएको उल्लेख गरेको छ ।

भारतीय सेनाको विज्ञप्तिमा चीनको जनमुक्ति सेना पीएलएले उक्साउने खालका गतिविधि गरेको र भारतीय सेनाले रोकेको उल्लेख गरिएको छ । भारतीय सेनाले विवादको समाधानका लागि ब्रिगेड कमान्डरको तहमा छलफल भइरहेको पनि जानकारी दिएको छ । भारतीय सेनाले यसअघि दुई देशबीचका सैनिक अधिकारीबीच भएको सहमति उल्लंघन गरिएको आरोप लगाएको छ । भारतीय संचार माध्यमहरुले दुवै देशका सेनाबीच झडप समेत भएको जनाएका छन् ।

चीनको सेनाले भारतीय क्षेत्रमा आएर बस्न खोज्दा झडप भएको बताइएको छ । चीनको पक्षबाट यस विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । यसअघि असार पहिलो साता भारतीय र चीनका सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि दुवै देशका सेना र विदेशमन्त्रीस्तरीय छलफलपछि दुवै देशले सीमामा एक अर्कालाई असर पुग्ने खालका गतिविधि रोक्ने सहमति भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);