लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु

ladakh

एजेन्सी, २ असार । भारत चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखमा दुवै देशमा सेनाबीच भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार गएराती चिनियाँ सेनासँग लामो समयसम्म झडपमा भएको थियो । घटनापछि दुवै देशका सैनिक पदाधिकारी घटनास्थल पुगेका छन् झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ ।

यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो । गत महिना चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो ।

भारतले सीमारेखा पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।

दुई देशबीच सीमामा तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस जारी रहेको छ । त्यसका लागि दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि चलिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);