उत्तर कोरियाले दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालय भवन नष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उत्तर कोरियाले दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालय भवन नष्ट

north korea blows

एजेन्सी, २ असार । उत्तर कोरियाले दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालय भवन नष्ट गरेको छ । उत्तर कोरियाली सेनाले दुई कोरियाली सीमाको दशगजा क्षेत्रमा प्रवेश गर्न तयारी अवस्थामा राखेसंगै सीमामा रहेको किसङ शहरस्थित २ देशबीचको संयुक्त सम्पर्क कार्यालय भवन नष्ट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई अग्रमोर्चामा खटिएर देशको रक्षा गर्न निर्देशन समेत दिएको बताइएको छ । यसअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि आपसी तनाव बढेको हो ।

झन्डै एक साताअघि उत्तर कोरियाले दुवै देशबीचको सम्पर्क बन्द गरेको थियो । सन् १९५० को कोरियाली युद्धले विभाजित भएयता उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमामा सैन्यरहित क्षेत्र कायम गरिएको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाको गतिविधीलाई गम्भीर रुपमा लिएको बताएको छ । सन् २०१८ मा दक्षिण र उत्तर कोरियाबीच सिमा क्षेत्रमा उत्तर कोरियाविरुद्धको पर्र्चा रोक्ने सहमति भएको थियो । सहमति उल्लंघन भएपछि उत्तर कोरियाले आक्रोश जनाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);