उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको सम्पर्क बन्द गर्ने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको सम्पर्क बन्द गर्ने घोषणा

northandsouthcorea

एजेन्सी, २७ जेठ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै सञ्चार सम्पर्क बन्द गर्ने घोषणा गरेको छ ।

छिमेकी दक्षिण कोरियालाई शत्रु भन्दै उत्तर कोरियाले पहिलो चरणमा अन्तर–कोरियाली सञ्चार सम्पर्क बन्द गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुवै देशको सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फालेको तर दक्षिण कोरियाले त्यसलाई रोक्नेतर्फ पर्याप्त ध्यान नदिएको उत्तर कोरियाको आरोप छ । उत्तर कोरियाको सीमावर्ती शहर केइसंग रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु मंगलबारदेखि बन्द गरिएको छ । यस्तै सैन्य सम्पर्कका माध्यमहरु पनि बन्द गर्ने उत्तर कोरियाले जनाएको छ ।

दुई कोरियाले सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने भन्दै सो कार्यालय स्थापना गरेका थिए । गत जनवरीमा कोरोना महामारीका कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो । केही विज्ञहरुले उत्तर कोरियाले आन्तरिक एकता बलियो बनाउन पनि जानीबुझी यस्तो निर्णय गरेको बताएका छन् । सन् १९५३ को युद्ध अन्त्यपछि दुई मुलुकबीच शान्ति सम्झौता नभएको कारण दुई कोरिया अहिले पनि प्राविधिक रुपमा युद्धको स्थितिमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);