जोर्ज फ्लोइड : अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जोर्ज फ्लोइड : अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग

एजेन्सी,२८ जेठ । केही दिनअघि प्रहरीको नियन्त्रणमा हत्या गरिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको टेक्सासस्थित ह्युस्टन शहरमा अन्तिम संस्कार गरिएको छ । गृहनगर ह्युस्टन शहरमा गरिएको अन्तिम संस्कारमा सहभागीहरुले रंगभेद हिंसाविरुद्ध एकजुट हुनुपर्ने आवाज उठाएका छन् ।

सहभागीहरुले फ्लोइडले न्याय नपाएसम्म आन्दोलन र प्रदर्शनहरु जारी राख्ने बताएका छन् । श्रद्धाञ्जली सभामा अमेरिकाका पूर्व उपराष्ट्रपति जो वाइडेनले पीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन फ्लोइड हत्या प्रकरणमा उदासिन रहेको वाइडेनको आरोप छ । सहभागीहरुले फ्लोइडको हत्याले अमेरिकामा रहेको नश्लीय विभेदको चरम नमूना रहेको प्रतिक्रिया दिएका छन् ।

गत मे २५ तारिखमा अमेरिकाको मिनियापोलिस शहरमा एकप्रहरीले घुँडाले फ्लोइडको घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । लगत्तै अमेरिका लगायत विश्वभर रंगभेद आन्दोलनका प्रदर्शनहरु जारी रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);