ट्रम्पद्धारा ‘अपरेशन लेजेण्ड’ घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

ट्रम्पद्धारा ‘अपरेशन लेजेण्ड’ घोषणा

trump

काठमाडौं, ८ साउन । राष्ट्रपति डोनाल्ड ड्रम्पले डेमोक्र्याटिक पार्टीको सत्ता रहेको अमेरिकाको विभिन्न शहरमा संघीय सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेका छन्।

हिंसात्मक गतिविधि नियन्त्रणका लागि भन्दै ट्रम्पले संघीय सुरक्षाकर्मी परिचालनको घोषणा गरेका हुन्। उक्त घोषणाको सर्वत्र विरोध पनि भइरहेको छ।

यसअघि शिकागोसँगै पोर्टल्याण्ड, ओरिगनसहितका शहरमा संघीय सुरक्षाकर्मीको तैनाथि विवादित बनेको छ । जारी प्रदर्शन र संघीय सुरक्षाकर्मीको तैनाथिले थप तनाव बढेको स्थानीय अधिकारीले बताउँदै आएका छन्।

२५ मेमा मिनेशोटाको मिनियापोलिशमा अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरीले निर्ममतापूर्वक हत्या गरेपछि अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनको क्रममा केही शहरमा गोली पनि चलेका छन्। जसले गर्दा ट्रम्प प्रशासनले हिंसा नियन्त्रणका लागि भन्दै ‘अपरेशन लेजेण्ड’ को घोषणा गरेका हुन्। (एजेन्सीको सहयोगमा)