हिंसात्मक प्रदर्शन रोक्न ट्रम्पद्वारा सुरक्षाकर्मी परिचालनकाे आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हिंसात्मक प्रदर्शन रोक्न ट्रम्पद्वारा सुरक्षाकर्मी परिचालनकाे आदेश


एजेन्सी,११ भदाै । अमेरिककाको विस्कन्सीन राज्यस्थित केनोसा सहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका निम्ति थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

एक अश्वेत पुरुष जेकब ब्लेकलाई प्रहरीले गोली हानेपछि केनोसा शहरमा भइरहेको विरोध प्रदर्शन रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाकर्मी परिचालनको आदेश दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

केनोसामा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुन थालेको भन्दै राष्ट्रपति ट्रम्पले सुरक्षाकर्मी परिचालनको आदेश दिनुभएको बताइएको छ । अमेरिकाका सडकमा लुटपाट, आगजनी, हिंसा र कानुनहीनता सह्य नहुने राष्ट्रपति ट्रम्पको भनाइ छ ।केनोसा सहरमा जारी विरोध प्रदर्शनमा गोलीलागेर दुई जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले उक्त कदम उठाउनु भएको हो ।

२९ वर्षीय अश्वेत अमेरिकी जेकब ब्लेकमाथि प्रहरीले गोली हानेको विरोधमा अमेरिकाका पोर्ट्ल्यान्ड, मिनीयापलिस, मिनिसोटा र ओरगनलगायतका सहरहरुमा पनि प्रदर्शन भएका छन् । ब्लेकको चिन्ताजनाक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । ज्यान जोगिएपनि उनी अब हिँडडुल गर्न नसक्ने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);