जनवरी २० मा व्यवस्थित सत्ता हस्तान्तरण गर्न राष्ट्रपति ट्रम्प प्रतिवद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनवरी २० मा व्यवस्थित सत्ता हस्तान्तरण गर्न राष्ट्रपति ट्रम्प प्रतिवद्ध

एजेन्सी, २४ पुष । अमेरिकाको राजधानी वासिङटनमा हिंसा भड्किएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो ट्विट गर्दै निन्दा गर्नुभएको छ । ट्रम्पले शुक्रबार भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गर्दै आफू जनवरी २० मा व्यवस्थित सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

भिडियोमा ट्रम्पले संसदमा भएको हिंसाको घटनाबाट आफू दुःखी भएको उल्लेख गर्नुभएको छ । बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गर्नुभएको छ ।

ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने पनि उल्लेख गर्नुभएको छ ।संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको ट्रम्पको भनाई छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार अमेरिकी कंग्रेसको बैठक चलिरहेको समयमा संसद भवन रहेको क्यापिटल हिल्स बाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि भड्किएको हिंसामा ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);