ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख पेलोसीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख पेलोसीको आग्रह

एजेन्सी, २५ पुष । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ । स्वेच्छाले तत्काल ह्वाइट हाउस छाड्न र नहटे संसदले कार्वाही थाल्ने भन्दै पेलोसीले अन्यथा पूर्वराष्ट्रपति निक्सनको अवस्था ट्रम्पले ब्यहोर्नुपर्ने चेतावनी दिनुभयो ।

ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने उहाँको भनाई छ । ट्रम्पले खतरनाक देशद्रोहको काम गरेको भन्दै पेलोसीले रिपब्लिकन सांसदहरुले पनि ट्रम्पलाई तत्काल निस्किन भन्नुपर्ने समेत बताउनुभएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

संसद आक्रमणमा संलग्नमाथि कानुनी कार्वाही गरिने भन्दै उहाँले घटनामा मारिएका एक प्रहरी अधिकारीको सम्मानमा संसदको झण्डा आधा झुकाउन पनि निर्देशन दिनुभएको छ । आफ्ना उत्तेजित भीडलाई संसद भवनमा आक्रमण गर्न निर्देशन दिएको भन्दै सांसदहरुले ट्रम्पको आलोचना गरेका छन् ।

जनवरी २० मा कार्यकाल सकिन लागेका ट्रम्पमाथि फेरि महाअभियोगको त्रास आइलागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);