ट्रम्पले मुलुकमा डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन् : जो बाइडन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रम्पले मुलुकमा डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन् : जो बाइडन

एजेन्सी, ५ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेको स्वीकार नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको निन्दा गर्नुभएको छ ।

बाइडेनले हार स्वीकार नगरेर ट्रम्पले मुलुकमा डरलाग्दो सन्देश प्रवाह गरिरहेको भन्दौ निन्दा गर्नुभएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । उहाँले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप समेत लगाउनु भएको छ ।

ट्रम्पले लोकतन्त्रकै मजाक उडाइरहेको भन्दै यसबाट विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश गइरहेको टिप्पणी गर्नुभयो । ट्रम्पले अहिलेसम्म हार स्वीकार्नु भएको छैन र विभिन्न राज्यमा अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले चुनाव हारेको स्वीकार नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको निन्दा मतपरिणामविरुद्ध मुद्दा हाल्नु भएको छ ।

ट्रम्पले नयाँ रणनीति बनाउन अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाइरहनु भएको छ । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गर्नुभएको छ ।

कोरोनाभाइरस संकटबारे डेमोक्य्र्राट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बाइडनले यस्तो आह्वान गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);