अमेरिकाका सबै राज्यद्वारा राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकाका सबै राज्यद्वारा राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित

एजेन्सी, २६ मंसिर । अमेरिकाका सबै ५० ओटा राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मतपरिणामलाई प्रमाणित गरेका छन् ।

अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मतपरिणाम प्रमाणित गरेसँगै अब आगामी सोमबार अर्थात् डिसेम्बर १४ मा इलेक्टोरल कलेजले राष्ट्रपतिका उम्मेदवारलाई औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

राष्ट्रपति–निर्वाचत जो बाइडेनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले २ सय ३२ इलेक्टोरल मतमात्र प्राप्त गर्नुहुनेछ । राष्ट्रपति बन्नका लागि कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ७० मत आवश्यक पर्दछ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको र राष्ट्रपति पदको नतिजामा शंका लाग्ने निराधार दाबी गरिरहेपनि राज्यहरुले चुनावी मतपरिणाम प्रमाणित गरी पठाएका छन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै केही राज्यको मतपरिणाम बदर गर्न सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ । राष्ट्रपति–निर्वाचित जो बाइडेन विजयी हुनुभएका चारओटा राज्यको मतगणनामा समावेश गरिएका लाखौं मतपत्र खारेज गर्न राष्ट्रपति ट्रम्पले सर्वोच्चमा निवेदन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पको नयाँ कदमको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा रिपब्लिकन पार्टीभित्रै विवाद उत्पन्न भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);