ह्वाइट हाउस छोड्न तयार रहेको ट्रम्पको संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ह्वाइट हाउस छोड्न तयार रहेको ट्रम्पको संकेत

एजेन्सी, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गर्नुभएको छ । इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताउनुभएको हो ।

बिहीबार पत्रकारले इलेक्टोरल कलेज मतमा पराजित भएको औपचारिक घोषणा भएपछि ह्वाइट हाउस छोड्न तयार रहे–नरहेको भनि सोधेको प्रश्नमा ट्रम्पले आफुले ह्वाइट हाउस छोड्न र छिटै नै जानकारी दिने बताउनुभएको छ ।

नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी हुनुभएको छ र उहाँको जितलाई औपचारिकता प्रदान गर्ने क्रममा राज्यहरु रहेका छन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय ७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३ सय ६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २ सय ३२ इलेक्टोरल कलेज मत परेको छ । इलेक्टोलर कलेज मतले डिसेम्बर १४ मा औपचारिकता पाएपछि बाइडेनले जनवरी २० मा शपथ लिनुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);