सी चिनफिङद्वारा राष्ट्रपति निर्वाचित जो बाइडेनलाई औपचारिक रुपमा बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सी चिनफिङद्वारा राष्ट्रपति निर्वाचित जो बाइडेनलाई औपचारिक रुपमा बधाई

एजेन्सी, ११ मंसिर । चीनले अमेरिकासँग व्यापार प्रविधि र सुरक्षा क्षेत्रमा जारी द्वन्द्व अन्त्य हुने अपेक्षा गरेको छ । राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनलाई औपचारिक रुपमा बधाइ दिँदै अमेरिकासँग चिसिएको व्यापारीक सम्बन्ध सुधारको अपेक्षा गर्नुभएको हो ।

दुई ठूला अर्थतन्त्र भएका राष्ट्रको सम्बन्धले विश्व बजारलाई नै प्रभावित पार्ने भन्दै राष्ट्रपति सीले स्वस्थ र स्थिर सम्बन्ध नै अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा रहेको बताउनुभयो । राष्ट्रपति सीले दुवै पक्षले आपसी द्वन्द्वको अन्त्य गरेर व्यापारीक साझेदारी र सहयोगमा केन्द्रीत हुने अपेक्षा व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनले अमेरिकाको स्वस्थ र स्थिर विकासलाई प्रोत्साहन गरेको भन्दै राष्ट्रपति सीले नयाँ ढंगबाट सम्बन्ध विस्तारका लागि आफू तयार रहेको बताउनुभएको हो । राष्ट्रपति सीलबाट ढिला गरी जारी गरिएको शुभकामना सन्देशले चीन अमेरिकासँगको यसअघिको तनावपूर्ण सम्बन्ध सुधारको पक्षमा रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);