विश्वभर ६ करोड २५ लाख भन्दा बढीमा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

विश्वभर ६ करोड २५ लाख भन्दा बढीमा कोरोना संक्रमण

corona virous

एजेन्सी, ११ मंसिर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड नाघेको छ । जोन हप्कीन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार अहिले विश्वभर ६ करोड २५ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना संक्रमणले हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश अमेरिका १ करोड २७ लाख भन्दाबढी संक्रमित भएका छन भने हालसम्म २ लाख ६२ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणमा अमेरिकापछि भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजारको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।

ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);