कोरोना अपडेट: संक्रमित हुने ४१ लाख ७९ हजार नाघ्यो, १४ लाख ९० हजार बढी निको भए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना अपडेट: संक्रमित हुने ४१ लाख ७९ हजार नाघ्यो, १४ लाख ९० हजार बढी निको भए

corona

एजेन्सी, २९ वैशाख । विश्वभर कारोना संक्रमित हुनेको संख्या ४१ लाख ७९ हजार नाघेको छ । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ४१ लाख ७९ हजार ८ सय भन्दा बढी छ ।

कोरोनाका कारण २ लाख ८३ हजार ८ सय ५० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको औषधि पत्ता लाग्न सकेको छैन । जसका कारण कोरोना नियन्त्रणमा आउन सकेको छैन । विश्वमा कोरोना संक्रमित मध्ये १४ लाख ९० हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ । अमेरिकामा मात्रै १३ लाख ६७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ८० हजार ७ सय भन्दा धेरैको मृत्यु भएको छ । दुई लाख ५६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । स्पेनमा दुई लाख ६४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २६ हजार ६ सय भन्दा धेरैको मृत्यु भएको छ । एक लाख ७६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । इटलीमा दुई लाख १९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३० हजार ५ सयभन्दा धेरैको मृत्यु भएको छ । १ लाख ५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा २ लाख १९ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ३१ हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा २६ हजार ३ सय ८०, जर्मनीमा ७ हजार ५ सय ६९, रुसमा एक हजार ९ सय १५ को मृत्यु भएको छ भने छिमेकी देश भारतमा ६७ हजार १ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);