विश्वभर कस्तो छ लकडाउनको अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वभर कस्तो छ लकडाउनको अवस्था ?

lockdown in spain

एजेन्सी, २९ वैशाख । बेलायत, फ्रान्स र स्पेनले लकडाउन खुकुलो बनाएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्त सहित लकडाउन केहि खुकुलो बनाएको योजना सार्वजनिक सोमबार गर्नु भएको छ ।

यो योजना अनुसार घरबाट काम गर्न नसक्नेहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने छ । प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ ’कोरोना सतर्कता प्रणाली’ले सार्वजनिक गर्नु भएको हो । देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले विस्तारै जनजिवन सामान्य बनाउदै लगिने उल्लेख गर्नु भयो ।

यसैगरी युरोपकै सबैभन्दा लामो लकडाउनपछि फ्रान्सले सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाएको छ । फ्रान्समा सोमबारदेखि पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुलेका छन् ।

नागरिकलाई आफ्नो घरबाट १ सय किलोमिटरसम्म यात्रा गर्न अनुमति दिइएको छ भने सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन् । तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द राख्ने फ्रान्सले निर्णय गरेको छ ।

त्यस्तै स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो बनाएको छ । स्पेनीहरुले १० जना सम्मको समूह हुनेगरी आफन्त र इष्टमित्र भेट्न पाउने ,आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउने, भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खोल्न अनुमति पाएका छन् । तर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित म्याड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);