इंग्ल्याण्डमा लकडाउन बुधबारदेखि खुकुलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

इंग्ल्याण्डमा लकडाउन बुधबारदेखि खुकुलो

uk

एजेन्सी, ३१ वैशाख । बेलायतको इंग्ल्याण्डमा लागु लकडाउन केही खुकुलो बनाएपछि बुधबार सडकमा चहलपहल शुरु भएको छ ।

इंग्ल्याण्डका जनताले बुधबारदेखि घरबाहिर केही बढी समय बिताउन पाउने पार्कमा एकजना मात्र साथी भेट्ने र डेरा सर्ने कामहरू गर्न पाउने भएका छन् । लकडाउन खुकुलो पारिएसंगै बगैँचाको सामान बेच्ने ठूला पसलहरू पनि खुलेका छन् ।

इंग्ल्याण्डमा एकअर्काबाट टाढा बसेर खेल्न सकिने गल्फ जस्ता खेलहरू बुधबारदेखि खेल्न पाइने छ । घरमा बसेर काम गर्न नसक्ने अवस्थाका केही कर्मचारीहरू कार्यस्थलमा नै गएर पनि काम गर्न थालेका छन् । आइतवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सात हप्तासम्म लकडाउनमा रहेको समाजलाई खुला गर्ने उद्देश्यका साथ केही ससर्त सार्वजनिक गरेको योजना अनुसार बुधबारदेखि लकडाउन केहि खुकुलो पारिएको हो ।

लकडाउनसम्बन्धी प्रधानमन्त्री जोनसनले गरेको घोषणा लागु गर्न वेलायतका अधिकार प्रत्यायोजित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका सरकारहरूबीच केही मत भिन्नता रहेको छ । यस्तो अवस्थामा बु्धबारदेखि इंग्ल्याण्डमा भने प्रधानमन्त्रीको जोनसनको नियम लागू भएको संचार माध्यमहरुले जनाएका छन् । स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा भने लकडाउनका कडा नियम पालना गर्दै घरभित्रै रहनु पर्छ भन्ने सन्देशलाई कायमै राखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);