कोरोना अपडेट: संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघ्यो, दुई लाख ९२ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना अपडेट: संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघ्यो, दुई लाख ९२ हजार बढीको मृत्यु

drop in coronavirus

एजेन्सी, ३१ वैशाख । कोरोना भाइरसको महामारिका कारण विश्वभर करिव दुई लाख ९२ हजार बढिको मृत्यु भएको छ ।

संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघेको छ भने उपचार पछि १६ लाख २ हजार भन्दा बढी निको भएका छन् । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्र कोराना भाइरसका कारण ८३ हजार ४ सय २५ जनाले ज्यान गुमाएका छन् भने १४ लाख ८ हजार भन्दाबढीमा कोरोना पुष्टि भएको छ । वेलायतमा कोरोना संक्रमणबाट ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार बढि संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा ३० हजार ९ सयको मृत्यु हुँदा दुई लाख २१ हजार बढीमा संक्रमित पुष्टि भएको छ । यसैगरी स्पेनमा २६ हजार ९ सय २०, फ्रान्समा २६ हजार ९ सय ११, ब्राजिलमा १२ हजार ४ सय ६१ को मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको दर र मृत्यु दर पनि बढीरहेको छ । पछिल्लो तथ्याक अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ हजार २ सय ९२ पुग्दा २ हजार ४ सय १५ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);