कोरोना अपडेट: संक्रमितको संख्या ४५ लाख २१ हजार नाघ्यो, निको भए १७ लाख दुई हजार बढी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोना अपडेट: संक्रमितको संख्या ४५ लाख २१ हजार नाघ्यो, निको भए १७ लाख दुई हजार बढी

corona

एजेन्सी, २ जेठ । कोरोना भाइरसको महामारिका कारण विश्वभर करिव ३ लाख ३ हजार बढिको मृत्यु भएको छ ।

संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ भने उपचार पछि १७ लाख २ हजार भन्दा बढी निको भएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्र कोराना भाइरसका कारण ८६ हजार ९०० सय जनाले ज्यान गुमाएका छन् भने १४ लाख ५६ हजार भन्दाबढीमा कोरोना पुष्टि भएको छ । वेलायतमा कोरोना संक्रमणबाट ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख २२ हजार बढि संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा ३३ हजार ६ सयको मृत्यु हुँदा २ लाख २३ हजार बढीमा संक्रमित पुष्टि भएको छ । यसैगरी स्पेनमा २७ हजार ३ सय २१, फ्रान्समा २७ हजार ४ सय २५, ब्राजिलमा १३ हजार ९ सय ९३ को मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको दर र मृत्यु दर पनि बसढरहेको छ । पछिल्लो तथ्याक अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ हजार भन्दा बढी पुग्दा २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);