मानिसमा मानसिक समस्या बढ्यो: संयुक्त राष्ट्रसंघ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मानिसमा मानसिक समस्या बढ्यो: संयुक्त राष्ट्रसंघ

WHO

काठमाडौं, १ जेठ । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीका कारण मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको बताएको छ ।

राष्ट्रसंघले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनमा कोरोना भाइरस महामारीका कारण विश्वभरका मानिसहरूमा व्यापक रूपमा मानसिक समस्या बढिरहेको उल्लेख गरेको हो ।

राष्ट्रसंघले विश्वका सबै मुलुकलाई कोरोना भाइरस महामारी विरुद्धको योजनामा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग पनि समेट्न आग्रह गरेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस संसारबाट कहिल्यै निर्मूल नहुने संभावना रहेको आशंका व्यक्त गरेको छ ।

डब्ल्यूएचओका आपतकालिन मामिला निर्देशक डाक्टर माइक राएनले कोरोना भाइरस कहिलेसम्म रहन्छ भन्ने विषयमा आधारहिन भविष्यवाणी नगर्न चेतावनी समेत दिएका छन् । उनले खोप बनेपछि पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न निकै ठूलो प्रयत्न आवश्यक पर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);