कोरोना संक्रमणपछि निको भएकाहरुमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना संक्रमणपछि निको भएकाहरुमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या

एजेन्सी, २५ चैत । कोरोना भाइरस संक्रमणपछि निको भएकाहरुमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । कोरोना भाइरस बाट संक्रमित भएका एक तिहाइमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको द लेन्सेन्ट साइकियाट्री जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशतमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या पाइएको छ ।

यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार जनामा गरिएको बताइएको छ । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको द लेन्सेन्ट साइकियाट्री जर्नलमा उल्लेख छ । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएको तथा १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्याबाट प्रभावित भएको बताएका थिए ।

यस्तै शुन्य दशमलव ६ प्रतिशतमा मस्तिष्कघात, २ दशमलव १ प्रतिशतमा हृदयघात, र सुन्य दशमलव ७ प्रतिशतमा डिमेन्सियाको समस्या देखिएको छ । कोरोनाको असर गम्भीर देखिएकालाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने अध्ययनको क्रममा पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);