गुल्मीमा निशुल्क स्वास्थ शिबिर समपन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गुल्मीमा निशुल्क स्वास्थ शिबिर समपन्न

गुल्मी, २५ चैत । मालिका गाउँपालिका गुल्मीको आयोजनामा निशुल्क महिला रोग सम्बन्धि स्वास्थ्य शिविर आज एक कार्यक्रमको बिच समपन्न भएको छ ।यहि चैत्र २३ गतेदेखि सुरु भएको शिविरको आज औपचारिक कार्यक्रमको साथ समापन भएको हो ।

महिलाहरुको स्वास्थलाई मध्यनजर गर्दै पाठेघर खसेका महिलाहरूको उपचार ,पाठेघरको मुखको क्यान्सरको परिक्षण जस्ता रोगको उपचार गरिएको मालिका गाउपालिका वाड न ६ का वडाध्यक्ष् शोभाखर गिरिले बताए।

कार्यक्रमको पहिलो दिन २३ गते मालिका गाउँपालिका वाड न २ मा रहेको च्यानडाडा सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्य शिबिर सन्चालन गरिएको त्यस्तै २४ गते छापा सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन गरिएको र आज अन्तिम दिन कुमलगाउँ सामुदायिक स्वास्थ्य इकाई मालिका ६ अर्जैमा सञ्चालन भएको वडाध्यक्ष गिरिले बताए ।अहिलेसम्म यो शिबिरबाट ३१० जना महिलाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

कुमाल समुदायको बस्ती रहेको र चेतना स्तर कमजोर रहेकाले स्वास्थ्यको पहुचबाट टाढा परेको कारणले सहि स्थानमा कार्यक्रम गरेको कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए ।

कार्यक्रममा मालिका गाउँपालिका वडा न ६ का अध्यक्ष शोभाखर गिरिको अध्यक्षता ,गाउँपालिका प्रमुख रित बहादुर थापाको प्रमुख आतिथ्यता ,मालिका गाउँपालिका वडा न ७ का अध्यक्ष बेद प्रसाद पन्थी ,मालिका गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख वसन्तराज भुषाल,डा ।राजन वलियाको आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);