दार्चुलाभर विद्यालयमै स्वास्थ्य शिविर | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

दार्चुलाभर विद्यालयमै स्वास्थ्य शिविर

दार्चुला । विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

दार्चुलाका नाैवटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिनेछ । सम्बन्धित् स्थानीय तहसँगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरू छनोट गरि स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताए ।

हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ । त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा  शिविर सम्पन्न गरिएको कार्कीले बताए ।

 यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये आँखा परीक्षण सबैको गरिएको र कान तथा दाँतको परीक्षण समस्या भएका विद्यार्थीहरूकाे मात्र गरिएको कार्कीले बताए ।

प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०/४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको उनले बताए । विद्यार्थीहरूको आँखा, कान र दाँत परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आँखा उपचार केन्द्रबाट दुई जनाको टोली आवश्यक परीक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);